हेमजामा वडास्तरीय फुटबल जारी, 'आयोजक निलो' सेमिफाइनल प्रवेश

पाेखरा | जेठ १३, २०८२

हेमजामा वडास्तरीय फुटबल जारी, 'आयोजक निलो' सेमिफाइनल प्रवेश

पोखरा महानगरपालिका वडा २५ हेमजामा जेष्ठ १० गतेदेखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ ।
 

सोमबार भएकाे पहिलो खेलमा वडा १३ ले र १४ लाई​ २–० गोलको अन्तरले पछि पार्दै आगामी यात्रा तय गर्याे ।  

 

आयोजक वडा २५ निलो र वडा २० बीच  भएको पहिलो क्वाटरफाईनलको खेलमा ४–० गोल अन्तरले हराउँदै वडा २५ निलो सेमिफाइनल प्रवेश गरेको छ ।

 

उक्त खेलमा वडा २५ का राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
 

आ​जकाे पहिलो खेल वडा न.५ र २५ रातो बीच हुनेछ । दोस्रो वडा न.१  र  ६ बीच विहान १० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिए ।

 

१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार  ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

 

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिनेछ  ।

 

साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
 

खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान(गौरी)मा सञ्चालन हुनेछ ।

काठमाडौं:  सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ।  महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका ...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् ।  महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पट...

थप पढ्नुहोस्